• ७ वैशाख २०८१, शुक्रबार

स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

विर्तामोड, वैशाख १३ गते। झापामा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। कमल गाउँपालिका-२ निवासी पवन सुवेदीकी अढाई वर्षीया छोरी चिन्दल सुवेदीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

कमल गाउँपालिका–२ स्थित भुत्लुङमा मंगलबार साँझ साढे ४ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ क ४०७ नम्बरको नवोदय माध्यमिक विद्यालयको स्कुल बसले बालिकालाई ठक्कर दिएको थियो। 

ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको मेडिम्याक्स अस्पताल गौरादहमा उपचारको क्रममा मृत्यु भएको हो। बस र बसका चालक ३९ वर्षीय दुर्गाबहादुर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।