• ६ चैत २०८०, मङ्गलबार

दुर्घटनामा घाइतेको मृत्यु

blog

फाइल तस्बिर ।

हरि कोइराला
उर्लाबारी, वैशाख १३ गते । 
मोरङको सुन्दरहरैचा वडा नम्बर ८ सलकपुरमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

को १ ख ६२७९ को बसले प्रदेश १–०२–०५०प–००७१ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिँदा मोटरसाइकलमा सवार ग्रामथान ६ बस्ने ४५ वर्षकी नन्दिका राई गम्भीर घाइते हुनु भएको थियो ।

मोटरसाइकल चालक र सँगै सवार दुवै जनालाई सशस्त्र प्रहरीको गाडिले सुकुना सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो । राईको अवस्था चिन्ताजनक भएपछि विराटनगरको न्यूरो टिचिङ्ग हस्पिटल लगिएको थियो । राईको उपचारका क्रममा मङ्गलबार राति  मृत्यु भएको हो । मोटरसाइकल चालक विशाललाल सरदार भने घाइते भएको ट्राफिक प्रहरी पोष्ट बिराटचौकले जनाएको छ ।

बस चालक झापाको कमल गाउँपालिका वडा नम्बर १ बस्ने ३६ को डोलेश्वर साहुलाई इलाका प्रहरी बेलाबारीले नियन्त्रणमा लिएको छ, भने बस इलाका प्रहरी बिराटचौकको नियन्त्रणमा रहेको ट्राफिक प्रहरी पोष्टले जनाएको छ ।