• ६ चैत २०८०, मङ्गलबार

नगर विकास पत्रकारिता कोष स्थापना

blog

नगर विकास पत्रकारिता पुरस्कार कोषका स्थापना गर्ने महासंघका शाखा अध्यक्ष गिरिराज बाँस्कोटा र फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले सहमति । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, वैशाख १३ गते । 
फिदिम नगरपालिकाले नगर विकास पत्रकारिताका लागि पाँच लाख रुपियाँको पुरस्कार कोष स्थापना गरेको छ । कोष नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाको स्वामित्वमा रहने गरी स्थापना गरिएको हो ।

कोष बापत प्राप्त ब्याजबाट नगर विकासका क्षेत्रमा कलम चलाउने एक–एक जना पत्रकारलाई वार्षिक रूपमा पुरस्कृत गर्ने नगरपालिका र महासंंघबीच सहमति भएको छ ।

पुरस्कार कोष स्थापना र सञ्चालनका लागि महासङ्घ र फिदिम नगरपालिकाबीच  मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पुरस्कार कोष स्थापना र घोषणाका लागि आयोजित औपचारिक कार्यक्रममा महासङ्घका शाखा अध्यक्ष गिरिराज बाँस्कोटा र फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले हस्ताक्षर गर्नुभयो ।

नगर विकासका लागि क्षेत्रमा सहयोग पुर्‍याउन सकारात्मक र आलोचनात्मक टिप्पणीसहित कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न महासङ्घसँग समन्वय गरी कोष स्थापना गरिएको प्रमुख काफ्लेले बताउनुभयो ।

पुरस्कारको राशि वृद्धि गर्नुपर्ने भए नगरपालिकाले कोषको रकम वद्धी गर्नसक्ने बताइएको छ । फिदिम नगरपालिकाले महासङ्घसँगको समन्वयमा २०७२ सालदेखि १० हजार राशिको नगर विकास पत्रकारिता पुरस्कार वितरण गर्दै आएको थियो । यद्यपि संस्थागत रूपमा सम्झौता गरेर कोष भने स्थापना गरिएको थिएन । पत्रकार महासङ्घ पाँचथरमा अब नगर विकास पत्रकारितासँगै वातावरण, खेलकुद र स्वतन्त्रता सेनानी गरी चार वटा पुरस्कार कोष सञ्चालनमा आएका छन् ।