• ८ वैशाख २०८१, शनिबार

फिल्म 'काँडेतार' प्रदर्शनमा रोक

blog

काठमाडौं, वैशाख १२ गते । फिल्म 'काँडेतार'लाई प्रदर्शनमा रोक लगाएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रका केही संवाद र दृश्यले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा असर पुग्ने भन्दै प्रदर्शनमा रोक लगाएको हो ।

बोर्डले ती दृश्य काट्न भनेपनि चलचित्र निर्माण टिमले कुनै संवाद र दृश्यमा नकाटिएपछि बोर्डले प्रदर्शनमा रोक लगाएको हो । निर्माता, निर्देशक र नायक नबल खड्काले कुनै पनि दृश्यमा रोक नलगाई फिल्म प्रदर्शन गर्न आफूले अनुरोध गरेको बताउनुभयो । कुनै पनि दृश्य वा संवादहरू नकाटी जस्ताको त्यस्तै दर्शकसामु फिल्म पुर्‍याउने उहाँको भनाइ छ । 

सामना फिल्मस् प्रालिद्वारा निर्मित फिल्म खुला सीमाका कारण सीमा क्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित छ।