• ८ वैशाख २०८१, शनिबार

गोरखा भूकम्पको आठ वर्ष

टेकोमा अड्याइएको काठमाडौं (फोटो फिचर)

blog

टेकोले अड्याइएका काठमाडौंका घर। तस्बिरः न्यूज एजेन्सी

काठमाडौं, वैशाख १२ गते । लड्न लागेका वस्तुलाई केही समय अड्याउन टेको लगाइन्छ । त्यसले केही दिन त धान्ला । लामो समय धान्दैन । तर काठमाडौं उपत्यकाको अधिकांश पुराना सहरका गल्ली–गल्लीमा टेकोले धानेका घर प्रशस्तै देख्न पाइन्छ ।

२०७२ सालको महाभूकम्पले क्षति पुर्‍याएका ती घरहरूको अझै स्तरोन्नति हुन सकेको छैन । यस्ता घरको कहालीलाग्दो दृश्य हेर्न अन्त जानै पर्दैन ।

काठमाडौंको न्यूरोड, वसन्तपुर, ललितपुरको पाटन, भक्तपुरका विभिन्न क्षेत्रमा यस्ता घरहरू टन्नै पाइन्छन् । अचम्मको कुरा, यस्ता जोखिमयुक्त घरमा बस्ने मानिसको जमात कम छैन । काठ वा फलामको टेकोले अड्याइएको धराप घरहरूमा बस्नेहरू यो क्षेत्रमा छ्यापछ्याप्ती छन् ।

कोहीले यही घरमा बसेर भविष्यका सपना देखेका छन् भने कतिले व्यापारिक केन्द्र बनाएका छन् । कुरा यत्ति हो, कोठा भाडामा बस्ने २४ घण्टा नै जोखिम मोल्छन् र व्यापार गर्नेले १२ घण्टा ।