• १६ चैत २०८०, शुक्रबार

३२ लाख खर्च गरेर कभर्ड हल निर्माण

blog

सुनकोशी गाउँपालिका ओखलढुङ्गामा निर्माण भएको ब्याडमिन्टन कभर्ड हल । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई

ओखलढुङ्गा, वैशाख १२ गते । सुनकोशी गाउँपालिका ओखलढुङ्गाले करिब ३२ लाख खर्च गरेर ब्याडमिन्टन कभर्ड हल बनाएको छ । सुनकोशी गाउँपालिका –५ मुलखर्कमा गाउँपालिकाले ३१ लाख ८२ हजार ७ सय ५ रुपियाँ बजेट खर्च गरेर कभर्ड हल बनाएको हो । 

आर्थिक वर्ष २०७९–८० मा गाउँपालिकाले ३१ लाख ८२ हजार ७ सय ५ रुपियाँ बजेट विनियोजन गरेर फलाम र जस्ताको ट्रष्टवाला कभर्ड हल बनाइएको छ । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्न पालिकास्तरीय कभर्ड हल बनाइएको गाउँपालिका अध्यक्ष कमल तामाङले बताउनुभयो । 

खेलाडीलाई खेल खेल्न सहज होस भन्ने उद्देश्यले कभर्ड हल निर्माण गरिएको अध्यक्ष तामाङले बताउनुभयो । सो हलमा ब्याडमिण्टन, भलिबल, तेक्वान्डो, कबड्डी, कराँते लगायतका खेल सञ्चालन गर्न सकिने अध्यक्ष तामाङले बताउनुभयो । 

खेलको माध्यमबाट पालिका, जिल्ला तथा देशको नाम राख्ने खेलाडी उत्पादन गर्ने लक्षसहित पालिकाले खेल क्षेत्रको संवर्द्धन र खेलाडी प्रोत्साहनको कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो । चाँडै उक्त नव निर्मित कभर्ड हलमा जिल्ला स्तरीय ब्याडमिन्टन खेल प्रतियोगिता सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।