• ७ वैशाख २०८१, शुक्रबार

मेलम्ची खानेपानी निरन्तर वितरण हुने गरी व्यवस्था मिलाउन माग

blog

मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख १२ गते । नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौंमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

उहाँले फेरि वर्षा हुन लागेकाले सो पानी वर्षा याममा पनि काठमाडौं आउने गरी निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गर्नु भएको हो । मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद सिंहले काठमाडौंवासीलाई खानेपानीको सङ्कटमा पार्ने काम सरकारले गर्न नहुने पनि बताउनुभयो ।

उहाँले भन्नु भयो, ‘‘वर्षा याम सुरु हुँदैछ । मेलम्ची खानेपानी फेरि पनि रोकिने हो कि भन्ने पीरले काठमाडौंवासीलाई धेरै मर्का परिरहेको कुरा सम्बन्धित मन्त्रालयले, त्यसमा पनि विशेष गरेर नेपाल सरकारले काठमाडौंवासीलाई निरन्तर रूपमा खानेपानी वितरणका लागि मेलम्ची खानेपानीको व्यवस्थापनको कामलाई तदारुपकताका साथ अघि बढाउन माग गर्दछु ।’’

नेता सिंहले काठमाडौंवासीले सधैँ पानीको अभाव सहनुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागि पर्नुपर्ने समेत बताउनुभयो ।