• १३ वैशाख २०८१, बिहिबार

चितवन – २ मा २२ मध्ये १९ उम्मेदवारको जमानत जफत

blog

शालिग्राम नेपाल 

चितवन, वैशाख १२ गते । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा २२ उम्मेदवार मध्ये १९ जनाको जमानत जफत भएको छ । 

१२ राजनीतिक दल र १० जना स्वतन्त्र उम्मेदवारले उपनिर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५४ हजार १७६ मत ल्याएर विजयी हुनुभएको छ भने एमाले र कांग्रेसका उम्मेदवारको जमानत जोगिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीले ३७५ मत ल्याउनु भएको छ । अन्य उम्मेदवारले ३ सय मत कटाउन सकेका छैन । स्वतन्त्रबाट उठ्नुभएका ताराप्रसाद पौडेलले २ मत प्राप्त गर्नुभएको छ । 

खसेको मतको १० प्रतिशत मत नल्याउनेको जमानत जफत हुने प्रावधान रहेको छ । चितवन २ मा ७८ हजार २७७ मत खसेको थियो ।