• ७ वैशाख २०८१, शुक्रबार

रवि लामिछानेकाे कट्याे पचास हजार मत: मतान्तर ४० हजार ८६४

blog

शालिग्राम नेपाल  

चितवन, वैशाख १२ गते । चितवनको उपनिर्वाचनको जारी मतगणनामा रवि लामिछानेले चितवन –२ बाट पचास हजार भन्दा धेरै मत ल्याउनुभएको छ । प्रतिस्पर्धीलाई निकै पछाडि पार्दै लामिछानेले ५० हजार २९ मत ल्याउनुभएको हो ।

काङ्ग्रेसका जितनारायण श्रेष्ठले ९ हजार १६५ र एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत प्राप्त गर्नुभएको छ । ४० हजार ८६४ मतान्तरले लामिछानेले प्रतिस्पर्धीलाई पछाडि पार्नुभएको छ ।

मङ्सिरको निर्वाचनमा ४९ हजार ३०० मत ल्याउनु भएको लामिछानेले मत सङ्ख्या वृद्धि गरेर लैजानु भएको छ ।अब ८ हजार मत गणना हुन बाँकी छ ।