• १३ वैशाख २०८१, बिहिबार

बारा–२ मा उपेन्द्र यादवले कटाउनुभयो १३ हजार मत

blog

दीपकप्रसाद गौतम

बारा, वैशाख १२ गते । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १३ हजार मत कटाउनुभएको छ ।

उम्मेदवार यादवले १३ हजार ८०४ मत ल्याइ अग्रता लिइरहनुभएको छ । उहाँलाई जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाले नौ हजार २३१ मतका साथ पछ्याइ रहनुभएको छ ।

तेस्रो स्थानमा नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले चार हजार ५७७ मत ल्याउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेशप्रसाद खरेल दुई हजार ८६ मतका साथ चौथो स्थानमा हुनुहुन्छ ।