• १३ वैशाख २०८१, बिहिबार

जमानत जफत हुनबाट जोगिए एमाले र कांग्रेसका उम्मेदवार : रविको मतान्तर झण्डै ३९ हजार

blog

शालिग्राम नेपाल 

चितवन, वैशाख १२ गते । चितवनको उपनिर्वाचनमा पुराना स्थापित पार्टीका उम्मेदवारहरु जमानत जफत हुनबाट जोगिएका छन । 

खसेको कुल मतको १० प्रतिशत प्राप्त गर्नुपर्ने हुन्छ । जसका लागि एक उम्मेदवारले कम्तीमा ७ हजार ७ सय मत कटाउनु पर्ने हुन्छ । यस पटक एमाले र काङ्ग्रेसका उमेदवारको आठ हजार माथि मत ल्याउने भएका छ्न् । 

कुल ७८ हजार २७७ खसेको मतमध्ये ६७ हजार १८ मत गणना भइसकेको छ । अहिलेसम्म एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ५७४ र काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ८२३ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले ४७ हजार ५७४ मत प्राप्त गर्नु भएको छ । 

अब ११ हजार २५९ मत गणना बाकी छ । ३८ हजार ७५१ मतान्तरले लामिछाने अगाडि हुनुहुन्छ ।