• ८ वैशाख २०८१, शनिबार

रवि लामिछाने विजय नजिक: गणना हुन बाँकी मत भन्दा मतान्तर धेरै

blog

चितवन, वैशाख १२ गते । चितवनको निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजय नजिक पुग्नुभएको छ । 

अब गणना हुन बाँकी मतभन्दा लामिछानेले पाएको मतान्तर धेरै छ । ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गर्नुभएको छ भने मत गणना हुन २१ हजार ७७० बाँकी  छ । लामिछाने र उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितनारायण श्रेष्ठले पाउनुभएको मत र लामिछाने बिच ३२ हजार ६११ फरक छ । 

यो पनि पढ्नुहोस

चितवन इच्छाकामनाको गणना सकियो : रविको अग्रता कायमै

श्रेष्ठले  ७ हजार ४५८ मत, एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाउनुभएको छ । बिहान ६ बजेर ३० मिनेट को गणना परिणाम अनुसार लामिछानेको जित पक्का देखिएको छ । 


Author

शालिग्राम नेपाल