• १५ चैत २०८०, बिहिबार

नौ हजार ५९० ले बुझाएनन् सम्पत्ति विवरण

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, बैशाख ११ गते । चालु आर्थिक वर्ष २०७९–८० मा नौ हजार ५९० जनाले आफ्नो सम्पत्ति विवरण अझ पेस गरेका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको आर्थिक वर्ष २०७९–८० को सम्पत्ति विवरणको तथ्याङ्कअनुसार ती व्यक्तिले सम्पत्ति विवरण पेस नगरेको देखिएको हो । 

आज केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष उक्त प्रतिवेदन पेस गरेको छ । पेस भएको प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सम्पत्ति विवरण पेस गर्नेको सङ्ख्या केही बढेको छ । 

सम्पत्ति विवरणसम्बन्धी केन्द्रलाई प्राप्त भएको सात लाख २८ हजार ७४७ जनामध्ये सात लाख १९ हजार १५७ जनाले सम्पत्ति विवरण बुझाएका छन् । जुन ९८.६८ प्रतिशत हो । 

आर्थिक वर्ष २०७७–७८ को तुलनामा चालु आर्थिक वर्षमा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्या ०.८९ प्रतिशत बढेको केन्द्रले जनाएको छ । सङ्घीय तहमा चार लाख ५९ हजार २२८ जनाको सम्पत्ति विवरण प्राप्त हुँदा ९८.५५ प्रतिशत, प्रदेश तहमा १५ हजार ७८५ जनाको प्राप्त हुँदा ९३.६१ प्रतिशत र स्थानीय तहमा दुई लाख ५३ हजार ७३४ जनाको तथ्याङ्क प्राप्त हुँदा ९९.२४ प्रतिशतले सम्पत्ति विवरण बुझाएका छन् । 

अघिल्लो वर्षभन्दा यस वर्ष प्रदेश तहमा करिब चार हजार र प्रदेश तहमा २७ हजार बढीको तथ्याङ्क प्राप्त भएको सतर्कता केन्द्रले जनाएको छ ।