• ८ वैशाख २०८१, शनिबार

बारा–२ मा मतगणना सुरु

blog

मतगणना कार्य जारी । तस्बिर : शिवशंङ्कर मिश्र

शिवशङ्कर मिश्र

बारा, वैशाख ११ गते । बारा क्षेत्र नं. २ को मतगणना सोमबार दिउँसो १२ः४० देखि सुरु भएको छ । क्षेत्र उत्तरी भेगमा रहेका करैयामाई गाउँपालिका र सुवर्ण गाउँपालिका मतपेटिका खुलेको प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । 

करैयामाई गाउँपालिका १ मा १९२९ र सुवर्ण गाउँपालिका १ मा २ हजार ३४३ मत खसेको उहाँले बताउनु भयो ।  

सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि दिउँसोदेखि मतगणनाको कार्य सुरु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । कुनै वादविवाद सिर्जना नहोस् भनी कोठाभित्र मोबाइल लैजान प्रतिबन्ध लगाइएको छ । उहाँले मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ भन्नुभयो । 

कुल मत १ लाख ५ हजार २४८ मध्ये ६८ हजार ८८७ मत खसेको छ ।