• १६ चैत २०८०, शुक्रबार

टोरेसको गोलमा बार्सिलोना विजयी

blog

बल प्रहार गर्दै बार्सिलोनाका फेरान टोरेस । तस्बिर : एएफपी

काठमाडौं, वैशाख ११ गते । स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले एट्लेटिको म्याड्रिडमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई १-० गोलले हरायो ।

बार्सिलोनाको जितमा फेरान टोरेसले गोल गर्नुभयो । टोरेसले ४४औँ मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा पर्याप्त बन्यो । 

जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले ३० खेलबाट ७६ अङ्क बनाएको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा ११ अङ्कले अगाडि छ । पराजित एट्लेटिको ६० अङ्कसहित तेस्रो स्थानमा छ ।

अन्य खेलमा सेभियाले भिल्लारियललाई २-१, मालोर्काले गेटाफेलाई ३-१ र भ्यालेन्सियाले इल्चेलाई २-० गोलले पराजित गरेको छ । एजेन्सी