• १६ चैत २०८०, शुक्रबार

वीर अस्पतालका करार कर्मचारीले तीन महिनादेखि तलब नपाएको गुनासो

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख ११ गते। वीर अस्पतालमा कार्यरत करार र अतिरिक्त चार सय कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्। अस्पतालमा कोरोना कहरको दोस्रो लहरमा सरकारले कोरोना नियन्त्रण गर्न नियुक्त गरिका २७६ कर्मचारी र अन्य एक सय भन्दा बढी गरेर करिब चार सय कर्मचारीले तलब नपाएको गुनासो बेलाबेलामा गर्ने गरेका छन्। 

सरकारले कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न नर्स ४७ जना आठौँ तहका चिकित्सक, सरसफाइकर्मी लगायतका कर्मचारी रगरी २७६ जना नियुक्त गर्ने निर्देशन अस्पताललाई दिएको थियो। 

अस्पतालमा कार्यरत एक नर्सले यो पहिलो पटक नभएर कोरोना नियन्त्रणमा राखिएका करारका कर्मचारीले कहिले पनि समयमा तलब नपाउने गुनासो गर्नुभयो।  उहाँले भन्नुभयो, “हामीले दिनरात नभनी काम गरेका छौँ। तर हामीले समयमा कहिले पनि तलब पाउँदैनौँ। अन्य अस्पतालमा हामी जस्तै कोरोना नियन्त्रणमा खटिएका कर्मचारीले भने समयमानै तलब पाउने गरेका छन्।” 

अस्पतालमा निर्देशक डा. सन्तोष पौडेलले कोरोना नियन्त्रणमा खटिएका करार कर्मचारीले मात्र नभई र मन्त्रालबाट काजमा आएका कर्मचारीले गरी करिब चार सय कर्मचारीले तीन महिनादेखि तलब नपाएको जानकारी दिनुभयो।

समायोजनको बेला फाजिलमा परेर एय सय भन्दा बढी कर्मचारी मन्त्रालयले वीर अस्पतालमा काजमा पठाएको डा‍. पौडेल बताउनुहुन्छ।  डा. पौडेलका अनुसार अस्पतालमा हाल चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान (विकास समिति) अन्तरगतका र नेपाल सरकारको स्थायी नियुक्त कर्मचारी र स्वास्थ्य मन्त्रालयका अन्तरगतका फाजिलमा परेका कर्मचारी र करारका कर्मचारी कार्यरत छन्। 

सरकारले वीर अस्पतालको सर्जिकल भवन संचाल गर्न भन्दै सरकारले ८३१ कर्मचारीको दरबन्दी थपेको थियो। सोही दरबन्दी अनुसार मन्त्रालयले कोरोना नियन्त्रण गर्न भन्दै २७६ जना कर्मचारी करारमा लिएर कोभिड वाड संचालन गर्न अस्पताललाई निर्देशन दिएको थियो। व्यवस्थापकको हिसाबले आफूहरुले यो यो कर्मचारीको यति तलब आएन भनेर मन्त्रालयमा पत्रचार गरिसकेका डा. पौडेललेको भनाइ छ। 

डा‍. पौडेल भन्नुहुन्छ, “हामीले हाम्रो तर्फबाट पहल गरिसका छौँ। प्रतिष्ठान अन्तरगतका कर्मचारीले तलब पाएनन् भने त्यसको जिम्मा हामीले लिने हो। तर मन्त्रालयलले आफू अन्तरगतका फाजिल र करारका कर्मचारीलाई तलब पठाउँन किन ढिलाई गरेको छ, हामीलाई थाहा छैन।”

 ९६० शैय्या क्षमता भएको अस्पतालमा हाल ६६० वटा शैय्या मात्र संचालनमा छन्। अस्पतालममा १५ वटा अपरेशन थिएयटर रहेकामध्ये नौवटा मात्र संचालनमा आएका छन्। हाल अस्पतालमा एक सय शैय्याका कोभिड वाड भनेर छुट्याएको छ। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।