आज मधुमेह दिवस : प्रत्येक परिवारमा मधुमेह विरुद्ध चेतना जरुरी

सरोज ढुंगेल 

काठमाडौँ, कात्तिक २८ गते । नेपालमा कुल जनसंख्याको १० प्रतिशत मानिस मधुमेहबाट पीडित रहेको अनुमान गरिएको छ । हरेक परिवारका कुनै न कुनै सदस्य मधुमेहबाट पीडित हुने गरेकाले यो वर्ष विश्व मधुमेह दिवसको नारा ‘मधुमेह ः हरेक परिवारको सरोकार’ भन्ने राखिएको छ । प्रत्येक वर्ष नोभेम्बर १४ लाई मधुमेह दिवसका रूपमा मनाइन्छ ।
मधुमेह भएका परिवारले एउटै किसिमको खाना खानुपर्ने तथा जटिल हँुदै गएको मधुमेहलाई रोक्न परिवारसँंग गाँसेर विश्व मधुमेह दिवस मनाउन लागिएको हो ।
वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले नेपालमा मधुमेहको खास तथ्याङ्क नभएपनि विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार १० प्रतिशत मानिसलाई मधुमेह रहेको आँकलन गरिएको जानकारी दिनुभयो । डा. भट्टराईले मधुमेह नेपालमा मात्र नभएर संसारभरि नै प्रकोपको रूपमा अगाडि बढिरहेको भन्दै यसलाई नियन्त्रण गर्न जनचेतना जगाउनुपर्ने बताउनुभयो । madhumeha
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १७ करोड १० लाख मानिसमा मधुमेह देखिएको छ । मधुमेह रोग वंशाणुगत रुपमा लाग्ने भन्दै डा. भट्टराईले मधुमेह भएका बाबुआमाका छोराछोरीलाई पनि हुनसक्ने बताउनुभयो ।
उहाँले बढी तौल भएका मानिसमा सामान्य तौल भएका मानिसभन्दा बढी मधुमेह देखिने गरेको जानकारी दिँदै धेरै चिन्ता गर्ने व्यक्तिलाई पनि मधुमेहले सताउन सक्ने बताउनुभयो । खानपानको वातावरण, जङ्कफुड खाने बानी, बिना परिश्रमको शहरी जीवन, मोटोपन आदि मधुमेह लाग्ने मुख्य कारकतत्व रहेको डा. भट्टराईको भनाइ छ ।
डा. भट्टराईले अधिकांश मधुमेह रोगीलाई आफूलाई रोग लागेको पत्तो नहुने भएकाले समय समयमा स्वास्थ्य परीक्षण गरीरहन सुझाव दिनुभयो ।
उहाँले मधुमेह रोगबाट बच्न नियमित व्यायाम गर्नुपर्ने, सन्तुलित भोजनको प्रयोग गर्ने, रोग लाग्नासाथ यसलाई नियन्त्रणमा राख्नुपर्ने बताउनुभयो । मधुमेहलाई हेलचेक्राईं गरेर बस्दा मिर्गौला ‘फेल’ हुने, मुटुको रोग, पक्षघात, अन्धोपन, अल्सरजस्ता रोगले सताउँदै जाने भएकाले मधुमेह भएको अवस्थामा बढी सतर्कता अपनाउनु जरुरी रहेको जानकारी पनि उहाँले दिनुभयो ।
अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित रहेका छन् भने ३५ करोड २० लाख मानिस मधुमेहको जोखिममा छन् । आधा मधुमेहका विरामीलाई आपूmलाई मधुमेह भएकै थाहा नहुने भन्दै डा. भट्टराईले मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर प्रत्येक परिवारमा देखिने बताउनुभयो ।
डा. शशी शर्माले हरेक परिवारको मधुमेह व्यवस्थापन, रोकथाम तथा सचेतना शिक्षाप्रतिको भूमिकालाई व्यापक बनाउने अभियान सुरु गर्नुपर्ने बताउनुभयो । मधुमेहले मिर्गौला, मुटु , आँखालगायत अन्य अंगमा पनि क्षति पु¥याउने उहाँको भनाई छ । उहाँले आँखाको रेटिनामा असर गरेपनि यसको लक्षण तत्कालै नदेखिने भन्दै आँखामा धेरै असर गरिसकेपछि मात्र रोगबारे थाहा हुने बताउनुभयो । मधुमेह भएको थाहा पाउँदा विकसित मुलुकमा पाँच प्रतिशतको आँखामा असर भएको पाइएता पनि विकासोन्मुख देशमा यो संख्या दोब्बर रहेको पाइएको छ ।
मधुमेहका लक्षण
– धेरै प्यास लाग्ने, मुख सुख्खा हुने, थकाई लाग्ने, पिसाब छिनछिनमा लागिरहने, तौल घट्दै जानु मधुमेहका मुख्य लक्षण
– छिनछिनमा पिसाब लागेसँगै पिसाब गरेको ठाउँमा कमिला झुम्मिनु
– धेरै भोक तथा प्यास लाग्नु
– विना कारण तौल घट्दै जानु वा थकाई धेरै लाग्नु
– घाउखटिरा सजिलै ठिक नहुनु वा सङ्क्रमण भई घाउ पाक्नु
– हातखुट्टा झमझमाउनु, पैताला पोल्नु तथा जीउ चिलाउनु
– दीर्घकालिन अवस्थामा मिर्गौला, आँखा, स्नायु, मुटु, रक्तनलिमा असर पर्नु
– अनियन्त्रित मधुमेह भएमा हड्डी खिइने, मुखको कुनाकुना सुन्निने, घाउखटिराको सङ्क्रमण हुने

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना