मेक्सिकोमा नौ जनाको मृत्यु

मेक्सिको, कात्तिक २२ गते । एउटा ठूलो ट्रकले कारलाई ठक्कर दिएर भएको दुर्घटनामा परी मेक्सिकोमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
 
दुर्घटनामा परी अरू १६ जना घाइते भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
 
राजमार्गमा तीव्र गतिमा रहेको ट्रकको ब्रेक फेल भएर नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको थियो ।
 
सडकमा धेरै भीड भएको बेला बेलुकाको समयमा मेक्सिको सिटी नजिकै दुर्घटना भएको नगर सुरक्षा विभागले जनाएको छ ।
 
घाइते भएकाहरूलाई तत्काल हेलिकोप्टरमार्फत उपचारका लागि अस्पताल पु¥याइएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् । (रासस/एएफपी) 
थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds