• ७ वैशाख २०८१, शुक्रबार

मध्य म्यान्मामा आँधी, छ जनाको मृत्यु

blog

याङ्गुन, वैशाख ९ गते । मध्य म्यान्मामा आएको आँधीमा परी छ जनाको मृत्यु भएको छ भने एक सय जनाभन्दा बढी घाइते भएका छन् । म्यान्मा फायर सर्भिस विभागले शुक्रबार साँझ आएको आँधीमा परी एक सय नौ जना घाइते भएका बताएको छ ।

हुरीका कारण छ जनाको घटनास्थलमा नै ज्यान गएको तथा घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ । आँधीमा परी दुई जना पुरुष र चार जना महिलाले ज्यान गुमाएका हुन् ।

शनिबार बिहानसम्म थप मृत्युको खबर आएको छैन । आँधीले दुई सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । रासस/सिन्ह्वा