• १३ वैशाख २०८१, बिहिबार

सडक दुर्घटनामा सात जनाको मृत्य

blog

इस्लामावाद, वैशाख ९ गते । पूर्वीपाकिस्तानको पञ्जाब प्रान्तमा आज बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । दुर्घटनामा चार जना महिला र तीन जना बालबालिकाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।

पञ्जाब प्रान्तका लोधरान जिल्लामा उक्त दुर्घटना भएको हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । नियमित मर्मतसम्भार नभएका सडक र सवारी, सवारी नियमको पालनामा हेलचेक्र्याइँका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटना हुने गरेका छन् । रासस/सिन्ह्वा