• ७ वैशाख २०८१, शुक्रबार

कम्युनिष्ट पार्टीमा वैचारिक समस्या बढ्यो : उपप्रधानमन्त्री श्रेष्ठ

blog

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई उपप्रधान एवं गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, वैशाख ९ गते। उपप्रधान एवम् गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीमा वैचारिक सांस्कृतिक समस्या बढ्दै गएको बताउनुभएको छ। शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले विचारधारात्मक सांस्कृतिक समस्या कम्युनिष्ट पार्टीमा बढेको बताउनुभयो। 

उहाँले वैचारिक सांस्कृतिक सङ्कटलाई समाधान गर्न ठूलो वैचारिक सांस्कृतिक रूपान्तरण महाअभियान सुरु गर्नुपर्ने बताउनुभयो। उहाँले हरेक पार्टीले आफूभित्र र सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलन भित्र ठूलो वैचारिक सांस्कृतिक रूपान्तरणको अभियान सञ्चालन गरेर मात्रै तत्कालीन रूपमा समृद्धिको लक्ष्य र रणनीतिक रूपमा समाजवादको लक्ष्य पूरा हुने बताउनुभयो। 

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘हाम्रो कम्युनिष्ट पार्टीको अहिलेको प्रमुख समस्या भनेको वैचारिक सांस्कृतिक समस्या हो। विचारधारात्मक सांस्कृतिक समस्या हो। यो वैचारिक सांस्कृतिक सङ्कटलाई समाधान गर्न अथवा वैचारिक सांस्कृतिक समस्यालाई समाधान गर्नको निम्ति हामीले ठूलो वैचारिक सांस्कृतिक रूपान्तरण महाअभियान सुरु गर्नुपर्छ। यो हरेक पार्टीले आफूभित्र र सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलन भित्र त्यो ठूलो वैचारिक सांस्कृतिक रूपान्तरणको अभियान सञ्चालन गरेर मात्रै हामीले समृद्धिको लक्ष्य र रणनीतिक रूपमा समाजवादको लक्ष्य पूरा गर्नेगरी नेतृत्व प्रदान गर्नसक्छौँ। अन्यथा त्यो कार्यभार पूरा हुन सक्दैन।’’

 गृहमन्त्री श्रेष्ठले समृद्धिको लक्ष्य र रणनीतिक रूपमा समाजवादको लक्ष्य पूरा गर्नेगरी नेतृत्व प्रदान गर्न सक्नुपर्ने बताउनुभयो।