• ८ वैशाख २०८१, शनिबार

सञ्चार माध्यमलाई काउन्सिलको २४ घण्टे स्पष्टीकरण

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख ९ गते । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गरेको भन्दै १८ वटा सञ्चार माध्यमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता विपरीत मत सर्वेक्षण र चुनावी विश्लेषणसहितका सामग्री सम्प्रेषण गरेको भन्दै काउन्सिलले सो स्पष्टीकरण सोधेको हो । 

हिजो शुक्रबारसम्म दुई वटा अनलाइन र एउटा टेलिभिजनलाई पत्र काटिएको काउन्सिलका उप प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी रामशरण बोहराले जानकारी दिनुभयो । गएरातिदेखि सुरु भएको मौन अवधिका समयमा दल तथा उम्मेदवारको प्रचारप्रसार गर्ने १५ वटा पत्रपत्रिकालाई पनि २४ घण्टे पत्र काटिएको उहाँले जानकारी दिनुभयो ।

काउन्सिलले चुनावका समयमा आचारसंहिताको पालना गर्न र मत सर्वेक्षणसम्बन्धी समाचार सामग्री सम्प्रेषण नगर्न पटक पटक अपिल गर्दैआएको जनाएको छ । वैशाख १० गते आइतबार बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदैछ ।