• ८ वैशाख २०८१, शनिबार

उपनिर्वाचनका लागि तनहुँमा दुई हजार सुरक्षाकर्मी परिचालन

blog

सदरमुकाम दमौलीबाट मतदान केन्द्र जाँदै सुरक्षाकर्मी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख ९ गते । 
आइतबार हुने तनहुँ –१ को उपनिर्वाचनमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन दुई हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्ला सुरक्षा समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुरक्षाको दृष्टिकोणले मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी विभाजन गरेर सो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।

उहाँले मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी रहने र उनीहरूलाई पछिल्लो घेराबाट नेपाली सेनाले साथ दिने बताउनुभयो ।

निर्वाचनको सुरक्षा व्यवस्था चुस्त बनाउन सबैभन्दा धेरै नेपाल प्रहरी एक हजार छ सय, सशस्त्र प्रहरी ४४२, नेपाली सेना पाँच सय र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ रिजालको भनाइ छ । यसका अतिरिक्त सदरमुकाम दमौलीमा रिजर्भ फोर्स पनि तयारी अवस्थामा राखिएको र आवश्यकता अनुसार परिचालन गरिने उहाँले बताउनुभयो ।