• १६ चैत २०८०, शुक्रबार

भाँडो बनाउँदै परम्परा धान्दै कुमाल (फोटो फिचर)

blog

परम्परा धान्दै, भाँडो बनाउँदै कुमार परिवार । तस्बिर: रेखिरामा राना

रेखीराम राना

पाल्पा, बैशाख ९ गते । आधुनिक जीवनशैलीका कारण विस्थापित बनेको माटोको भाँडो बनाउने कामलाई यहाँका एक युवाले निरन्तरता दिनुभएको छ । जिल्लाको बगनासकाली –१, घोरबन्दाका २५ वर्षीय ओमबहादुर कुमालले माटोको भाँडो बनाउने कामलाई निरन्तरता दिनुभएको हो । 

पछिल्लो समय घरमा प्रयोग हुने भाँडा स्टिल, सिसा, फलाम तथा अन्य धातुका बनेपछि माटोको भाँडो विस्थापित भएको थियो । पछिल्लो समय माटोको भाँडाको महत्त्व कम भएको छ ।

परम्परा धान्न माटोको घैँटा, हाडी, मटिया, भुड्की बनाएको कुमालले बताउनुभयो । गर्मी मौसममा चिसो र सङ्लो पानी पिउनका लागि घैँटाको प्रयोग उपयुक्त मानिन्छ । यस्तै गाउँमा बनाउने घरेलु मदिराका लागि हाडी मटिया पनि स्वास्थ्यका दृष्टिकोणबाट उपयुक्त मानिने उहाँले बताउनुभयो । 

ओमबहादुरको परम्परा धान्ने कामलाई आमा, श्रीमती र दाजुले साथ दिनुभएको छ । दुई दशकअघिसम्म यहाँका कुमाल समुदायले माटोको भाँडा बनाएर आफ्नो पेसा चलाएका थिए ।

तर केही वर्षयता ओमबहादुरले मात्रै नियमित माटोको भाँडा बनाउँदै आउनुभएको छ । माटोको भाँडो बनाउन आवश्यक कच्चा पदार्थ कालो माटोको अभावमा पनि यसलाई व्यावसायिकीकरण गर्न नसकेको उहाँको भनाइ छ ।