• १६ चैत २०८०, शुक्रबार

हात्तीको आक्रमणमा परेर एक जना वृद्धाको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, चैत ९ गते । झापामा हात्तीको आक्रमणमा परेर एक जना वृद्धको ज्यान गएको छ । हात्तीले आफ्नो बारीमा लगाको मकै सखाप बनाउन थालेपछि शनिबार बिहान हात्ती धपाउन जानु भएका बुद्ध शान्ति गाउँपालिका वडा नं. ५ खारखोलाका ७० वर्षीय भीमबहादुर भट्टराईको ज्यान गएको हो ।

बिहान करिब साढे ३ बजे बारीमा हात्ती आएको थाहा पाएर भट्टराई हात्ती धपाउन निस्कनु भएको र हात्तीले कुल्चेपछि उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उहाँको घटनास्थलमा नै ज्यान गएको बताइएको छ ।

केही दिनयता निरन्तर बुद्ध शान्ति गाउँपालिकाका विभिन्न टोलमा हात्ती आएर स्थानीयले लगाएको मकै लगायतका बालीहरू नष्ट गर्दै आएको थियो । स्थानीयहरू रातभर जाग्राम बसेर हात्ती धपाउँदै आएका थिए ।