• ११ वैशाख २०८१, मङ्गलबार

केही हाइकु

blog

ताजमहल 

मसीहा आलोकित 

सम्झना भेल ।

ओभाना जून 

बेवारिस जूठो थाल 

छिँडीमा नून । 

पुसको ठन्डी 

ओछ्यानमा सपना 

पानीको फोका ।

अहिल्या छोरी 

आँगनका जूनकीरी 

सेता परेवा ।

शकुनी पासा 

बङ्करमा प्रजातन्त्र 

सर्प खोकिला । 

जङ्गली बेल 

बाढीमा घरखेत 

उकालो तेल ।

गोताखोर मान्छे 

लेग्रालेग्री समय 

पेनाल्टी मिस । 

  

Author

दिल पौडेल