चन्द्रागिरिलाई वातावरणमैत्री नगरपालिका बनाउने सङ्कल्प

काठमाडौँ, मङ्सिर २५ गते । तत्कालीन दहचोक गाविस (हालको चन्द्रागिरि नगरपालिका वडा नं १ र २) का राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिले चन्द्रगिरी नगरपालिकालाई वातावरण मैत्री नगरपालिका बनाउने अठोट गरेका छन् ।

नवघोषित चन्द्रागिरि नगरपालिकाको वडा नं १ र २ को कार्यालय आज शुभारम्भ गर्ने क्रममा आजैदेखि सङ्कल्प गरी चन्द्रागिरि नगरपालिकालाई वातावरण मैत्री नगरपालिका बनाउने अभियानको थालनी भएको ती वक्ताले बताए ।

कार्यक्रममा एनेकपा (माओवादी)का शशि गिरीले पर्या–पर्यटनको महत्वपूर्ण गन्तव्य बन्ने सम्भावना बोकेको चन्द्रगिरिलाई वातावरण मैत्री बनाउने सङ्कल्प आजैदेखि सुरु गरिएको बताउनुभयो ।

नेपाली काँग्रेसका जीवन गिरीले तत्कालीन दहचोक गाविस र यस आसपासका गाविस मिलाएर चन्द्रगिरि बनाइएको चर्चा गर्दै यस क्षेत्रलाई सबै दृष्टिकोणबाट नमुना पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो ।

नेकपा (एमाले)का राजेन्द्र केसीले चन्द्रगिरि नगरपालिका वातावरणलगायतका दृष्टिबाट सबैको अनुकरणीय स्थलका रुपमा विकास गर्न यहाँका साधनस्रोतसमेतको उपयुक्त परिचालन र विकास गर्नुपर्ने बताउनुभयो ।

राप्रपा नेपालका गङ्गाबहादुर केसीले सबैको सकारात्मक चिन्तन र प्रयासबाट चन्द्रगिरि नगरपालिकालाई विकसित नगरपालिकाका रुपमा विकास गर्न सकिने उल्लेख गर्नु भयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना