• ७ वैशाख २०८१, शुक्रबार

नेपाली र भारतीय चलचित्र ओटीटीमा

blog

काठमाडौँ, वैशाख ५ गते । नेपाल र भारतमा प्रदर्शित चलचित्र अब ओटीटी र हलमा रिलिज गर्न सहमत भएका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३ मा यस्तो सहमति जुटेको हो । नेपाल चलचित्र प्रमोसन सर्किट (एनएफपीसी) र चलचित्र एन्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी)बीच दुई मुलुकबीच संस्कृतिसँगै चलचित्रको बजार आदानप्रदान गर्ने सहमति जुटेको हो ।

समिटको प्रमुख अतिथिका रूपमा सहभागी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले द्विपक्षीय सहमतिलाई नेपाली फिल्मको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो । नेपालमा छायाङ्कन हुने दक्षिण भारतीय चलचित्रलाई स्वागत गर्न बोर्ड आतुर रहेको बताउँदै उहाँले एकअर्काको बजार खोज्ने कुरा सकारात्मक रहेको चर्चा गर्नुभयो ।