• ८ वैशाख २०८१, शनिबार

सुज्योतिलाई उपाधि

blog

काठमाडौँ , वैशाख ५ गते । नेप्लिज फेसन होमको आयोजनामा राजधानीमा सम्पन्न मिस लिटिल नेवाः ११४३ प्रतियोगितामा सुज्योति डङ्गोलले मुख्य उपाधि चुम्नु भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विभूति विद्यामन्दिरको कक्षा ९ मा अध्ययनरत डङ्गोलले पुरस्कारबापत २५ हजार रुपियाँ प्राप्त गरेकी छन् भने प्रमुख उपाधिका साथ मिस ट्यालेन्टेड सेकेन्ड रनर्सअप उपाधि विजेता पनि हुनुभयो ।

त्यसैगरी पुष्पसदन बोर्डिङ हाईस्कुलको कक्षा ८ मा अध्ययनरत सफिना श्रेष्ठ फस्ट र खोप्रिङ इङ्ग्लिस एकेडेमीको कक्षा ७ की ग्रीष्मा राजचल सेकेन्ड रनर्सअपका साथमा मिस फोटोजेनिक उपाधि विजेता हुनुभएको छ । फस्ट र सेकेन्ड रनर्सअपले पुरस्कारबापत क्रमशः १५ र १० हजार रुपियाँ नगद प्राप्त गर्नुभएको छ ।