• ७ वैशाख २०८१, शुक्रबार

तनहुँ –१ मा गठबन्धनको चुनावी सभाको तयारी

blog

फाइल तस्बिर

अमरराज नहर्की

तनहुँ, वैशाख ४ गते । पाँच दलीय गठबन्धनले तनहुँ –१ को उपनिर्वाचनका लागि चुनावी सभा गर्ने तयारी गरेका छन् । बन्दीपुर गाउँपालिका –४ डुम्रेबजारमा वैशाख ६ गते सभा गर्ने तयारी गरिएको हो । गठबन्धन तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार रहनुभएको सो क्षेत्रमा सभा गर्न लागिएको कांग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो ।

चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

यसैबीच भोलि मंगलबार सदरमुकाम दमौलीमा कांग्रेसको चुनावी सभाको तयारी गरिएको छ । कांग्रेस व्यास नगर सभापाति सूयचन्द्र हड्खलेका अनुसार सभामा कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।