• १५ चैत २०८०, बिहिबार

सत्ता गठबन्धन दलबीच टीआरसीबारे बालुवाटारमा छलफल

blog

सत्ता गठबन्धन दलबीचको बालुवाटारमा जारी छलफल । तस्बिर : प्रदीपराज वन्त

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख ४ गते । सत्ता गठबन्धन दलका शीर्ष नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सँग सम्बन्धित विषयमा बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्रकुमार श्रेष्ठ छलफलमा सहभागी हुनुहुन्छ । 

यसैगरी, बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको सहभागिता छ ।  

प्रधानमन्त्रीले सङ्क्रमणकालीन न्याय एवम् टीआरसीसँग सम्बन्धित विधेयकमा सत्ता गठबन्धनका शीर्ष नेता एवम् प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दै आउनुभएको छ ।