• १२ वैशाख २०८१, बुधबार

सेर्पाको पोस्टमा फ्रेन्ड्सको गोल वर्षा

blog

फाइल तस्बिर ।

काठमाडौं, वैशाख ४ गते । फ्रेन्ड्स क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन सेर्पा क्लबको पोस्ट्मा गोल वर्षा गरेको छ ।

एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सोमबार भएको खेलमा फ्रेन्ड्सले सेर्पालाई ६–० गोलले हरायो । फ्रेन्ड्सको जितमा राफिक अमिनुले दुई गोल गर्नुभयो ।

अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले एक एक गोल थप्नुभयो । लिगमा फ्रेन्ड्सको यो दोस्रो जित हो । फ्रेन्ड्सले नौ खेलबाट आठ अङ्क बनाएको छ । सेर्पाको समान खेलबाट नौ अङ्क पुगेको छ । 

थ्री स्टार क्लब र चर्च ब्वाइज युनाईटेडले बराबरी खेल्दै अङ्क बाँडेको छ । च्यासल मैदानमा भएको अर्को खेलमा थ्रीस्टार क्लब र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

बराबरीसँगै थ्रीस्टारले नौ खेलबाट १५ अङ्क बनाएको छ ।  चर्च ब्वाइजको पनि १५ अङ्क छ ।