• ७ वैशाख २०८१, शुक्रबार

बार्सिलोनाले गेटाफेसँग अंक बाँड्यो

blog

रेफ्रीसँग गुनासो पोख्दै बार्सिलोना र गेटाफेका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, वैशाख ४ गते । स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले गेटाफेसँग बराबरी खेल्दै अंक बाँडेको छ । सोमबार राति भएको खेलमा बार्सिलोना गेटाफेसँग उसैको मैदानमा गोलरहित बराबरीमा रोकिएको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । बार्सिलोनाले घरेलु टोलीमाथि दबाब बढाए पनि गोल गर्न सकेन । बराबरीसँगै  शीर्षस्थानमा रहेको बार्सिलोनाले २९ खेलबाट ७३ अङ्क बनाएको छ ।

बार्सिलानाले शीर्षस्थानमा ११ अङकको अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको समान खेलबाट ६२ अङ्क पुगेको छ । बार्सिलोनालाई बराबरीमा रोकेको गेटाफे ३१ अङ्सहित १५औं स्थानमा छ ।

अन्य खेलमा सेभियाले १० खेलाडीमा समेटिएको भ्यालेन्सियालाई २–०, एट्लेटिको म्याड्रिडले अल्मेरियालाई २–१ र गिरोनाले इल्चेलाई २–० गोलले पराजित गरेको छ । एजेन्सी