• १५ चैत २०८०, बिहिबार

बिस्का जात्राको ८औँ दिन : भक्तपुरवासीले मनाए सगुन जात्रा (फोटो फिचर)

blog

बिस्का (बिस्केट) जात्राको ८ औं दिन द्यो स्वगं बिएगु पूजा (सगुन जात्रा) मनाउँदै भक्तपुरवासी । तस्बिर : विकास द्वारे

भक्तपुर, वैशाख ४ गते । धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको बिस्का (बिस्केट) जात्राको ८औँ दिन भक्तपुरवासीले द्यो स्वगं बिएगु पूजा (सगुन जात्रा) मनाएका छन् ।

सोमबार बिहानैदेखि धिमेरबाँसुरी बाजा र भजन खलःहरूले नगरका विभिन्न शक्तिपीठ तथा देवीदेवताहरूको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो । देवीदेवताहरूलाई सगुन पूजा गर्न आ–आफ्नो द्यो छें (देव घर)बाट निकाली चोक तथा डबलीमा राखेर आ–आफ्नो गच्छेअनुसार  सगुनका रूपमा रक्सी, अण्डा, माछा, अदुवा, चामल, चिउरा, रोटी, बिस्कुटलगायत परिकार चढाउने गरिन्छ ।

बेलुका सबै देवीदेवताहरूमा भक्तजनले चढाएको सगुन, सम्हेबजी टोलका सबैलाई प्रसाद वितरण गरी बाजागाजासहित आ–आफ्नो मन्दिर लैजाने चलन छ । स्थानीय महिला तथा पुरुषहरू मौलिक पोसाक हाकु पटासी र दौरा सुरुवालमा सजिएर जात्रामा सहभागी हुन्छन् ।