• ८ वैशाख २०८१, शनिबार

‘परिश्रम गर्ने समय’

blog

शैक्षिक क्षेत्रलाई हेर्दा चैत महिना निकै चलायमान हुन्छ । वैशाखदेखि नयाँ शैक्षिक सत्रको थालनी हुने गर्दछ । विद्यालयलाई नयाँ विद्यार्थी भर्नाको चासो हुन्छ भने विद्यार्थीलाई परीक्षाको चासो । ससाना बच्चालाई नयाँ भर्नाको तयारीको समय पनि हो । अहिले सबै तहका विद्यार्थी परीक्षाकै तयारीमा छन् । सबै विद्यार्थीको एउटै चासो हुन्छ, ‘परीक्षा परिणामलाई कसरी सर्वोत्कृष्ट बनाउने ।”

यो परीक्षा सबै तहका विद्यार्थीका लागि अन्तिम हो । त्यसैले पनि कतिपयलाई प्रतिष्ठाकै विषयसँग गाँसिएर आउँछ । यही परीक्षा कतिपय विद्यार्थीका लागि आफ्नो कक्षामा उत्कृष्ट अङ्क ल्याएर पहिलो बन्ने हुन्छ भने कतिपयलाई राम्रो नतिजा ल्याएर अर्को राम्रो विद्यालयमा प्रवेश लिन, प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीका रूपमा पहिचान बनाई विद्यार्थीमाझ सर्वोत्कृष्ट भई विद्यालयले दिने सुविधा– ‘इन्जोय’ गर्ने नै हुन्छ । त्यसैले पनि यो चैत महिना विद्यार्थीका लागि– ‘परिश्रम गर्ने समय’ का रूपमा चित्रित हुन्छ । 

भाइबहिनीहरू, परीक्षा तयारीका कुरा गर्दा हाम्रा हजुरबा, हजुरआमाले एउटा कथा सुनाउँदै भन्नुहुन्थ्यो, “घोकन्ते विद्या, धावन्ते खेती’’भनेर सम्झाएको प्रसङ्ग सान्दर्भिक छ । हामी विद्यार्थीले घोकन्ते भनेर बुझ्दा परीक्षाको तयारी नै हो । तयारीको शैली भने यसभित्र विद्यार्थीले कुनै लेखेर, कुनै पढेर, कुनै परीक्षण गरेर नै गर्ने हो । जुन जसरी आउने बनाउन सकिन्छ, त्यही नै ‘घोक्ने’ भन्ने तरिका । अहिले विद्यार्थीका लागि उही कथनी लागू गर्ने बेला हो ।  

विद्यार्थी भाइबहिनीहरू, अहिले हाम्रा अभिभावक आफ्ना छोराछोरीलाई विद्यालय भर्ना गर्ने तयारीमा छन् । भर्ना गराउन  विद्यालय खोज्दा पहिला परीक्षाको नतिजा पनि हेर्छ । भर्ना गर्न आफ्ना बच्चाले परीक्षा कस्तो ग-यो विद्यालयले हेर्छ । अनि विद्यालयले भर्ना लिँदा पनि यही अध्ययन तथा नतिजाको स्तरसँग जोडिएर विद्यार्थीको मूल्याङ्कन गर्दछ । र भर्नाको मुख्य आधार पनि त्यही रहन्छ । 

परीक्षाको तयारीमा बसेका भाइबहिनीहरू, तपाईंको परीक्षाको नतिजाले विद्यालयमा गर्ने व्यवहार, दिने सुविधा, कुन स्तरको पढाइ भएको विद्यार्थी तथा तपाईंका अभिभावकलाई गर्ने व्यवहारसँग जोडिएर आउने देखियो । विद्यालयले पनि तपाईंको अध्ययनको स्तर हेरेर भर्ना लिने, अभिभावकसँग प्रस्तुत हुने भएकाले तपाईंको परीक्षाको नतिजाले फरक पार्ने देखियो । त्यसैले विद्यार्थी भाइबहिनीहरू, परिश्रम गर्नुस्, नतिजा राम्रो ल्याउनुस् । तपाईंको मेहनतमा अभिभावकको इज्जत, प्रतिष्ठा, सम्मान र व्यवहारमा भर पर्ने देखिएकाले परिश्रम गरेर सम्मान, सुविधा, प्रतिष्ठा कमाउन सक्नुहुन्छ । यसले विद्यालयमा तपार्ईंलाई सम्मान, विद्यालयले जेहेनदार विद्यार्थीलाई दिने सुविधा, अभिभावकमा सन्तुष्टि नै असल विद्यार्थीको पहिचान हो ।   

परीक्षापछि विद्यालय परिवर्तन गर्ने सोच बनाएका अभिभावकले कसरी राम्रो स्कुल रोज्ने भन्ने द्विविधा हटाई आमाबाबुले आफ्नो बच्चाको भविष्य राम्रो होस् भन्ने चाहनामा सघाउ पुगोस् । बच्चाको भविष्य राम्रो र उज्जवल बनाउन महìवपूर्ण कुरा बच्चाको शिक्षा हो । 

मुनाको तर्फबाट विद्यार्थी भाइबहिनीलाई शुभकामना छ, परीक्षाको नतिजा उत्कृष्ट ल्याएर असल विद्यार्थीको पहिचान बनाउनुस् । उत्कृष्ट परीक्षाको शुभकामना ।   

Author

भक्तबहादुर थापा