• ६ वैशाख २०८१, बिहिबार

तनहुँमा जिप दुर्घटनामा चालकको मृत्यु ७ जना यात्रु घाइते

blog

तनहुँ, वैशाख ४ गते । तनहुँमा आइतबार साँझ ७ः४५ बजे जिप दुर्घटना हुँदा चालको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शुक्ल गण्डकी नगरपालिका –१२ पिउरी दोभान  स्थित भित्री कच्ची सडक खण्डमा दुर्घटना हुँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

खाँडका अनुसार दुलेगौडाबाट पिउरी दोभान जाँदै गरेको ग १ ज ७९४२ नंम्बरकाे जिप आफै अनियन्त्रित भई सडकबाट तल पल्टिई दुर्घटना हुँदा जिप चालक स्याङ्जाको  पुतली बजार नगरपालिका –६ बस्ने वर्ष ३९ को कुलबहादुर सुनारको घटनास्थलमा नै मृत्यु भएको हो । 

घाइतेहरू मध्ये मोतीकला भुजेलको जी.पी. कोइराला श्वासप्रश्वास केन्द्र बेल चौतारा तनहुँ र अन्य ६ जना घाइतेहरूको प्राथमिक उपचार पछि थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा भर्ना गरिएको छ । पोखरामा उपचार हुनेहरूमा शुक्ल गण्डकी नगरपालिका –१२ नं. १२ बस्ने वर्ष ३५ कि वविता भुजेल, सोही ठाउँमा बस्नेहरू वर्ष ३१ को कल्पना भुजेल, वर्ष ८ को आरभ भुजेल, वर्ष ९ को रुसीका थापा, वर्ष ३० को तिल कुमारी थापा र वर्ष २७ को हेम कुमारी भुजेल रहेको प्रनाउ खाँडले जानकारी दिनुभयो । 

Author

अमरराज नहर्की