• ८ वैशाख २०८१, शनिबार

बढेर आयो इन्धनको मूल्य

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ४ गते । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन  (आईओसी)ले आइतबार (१६ अप्रिलमा) पठाएको नयाँ मूल्यअनुसार डिजेल र पेट्रोलको मूल्य बढेर आएको हो ।

नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर छ रुपियाँ र डिजेल प्रतिटिलरमा डेढ रुपियाँ मूल्य बढेर आएको हो । निगम प्रवक्ता मनोजकुमार ठाकुरले डिजेल पेट्रोलको मूल्य बढेर आए पनि स्थानीय बजारमा मूल्य वृद्धि नगरी यथावत् राखिने जानकारी दिनुभयो । निगमले यसअघि चैत २० मा प्रधानमन्त्रीको निर्देशनमा डिजेल प्रतिलिटरमा १० रुपियाँ र पेट्रोल प्रतिलिटरमा तीन रुपियाँ मूल्य घटाएको थियो । 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादक कम्पनीहरूले उत्पादक कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको मूल्यमा वृद्धि भएको छ । 

हाल बजारमा पेट्रोल प्रतिलिटर १७५ रुपियाँ, डिजेल मट्टीतेल प्रतिलिटर १६५ रुपियाँ, हवाई इन्धन प्रतिलिटर १६० रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ रहेको छ ।