• १६ चैत २०८०, शुक्रबार

उपत्यकामा ३७ जना कोरोना सङ्क्रमित आइसोलेसनमा भर्ना

blog

काठमाडौं, वैशाख ३ गते। काठमाडौं उपत्यकामा मात्रै ३७ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा भर्ना भएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  काठमाडौं उपत्यकामा मात्रै  ३७ जना सङ्क्रमित संस्थागत आइसोलेसनमा भर्ना भएका छन् जसमध्ये ११ जना आइसियु र चार जना भेन्टिलेटरमा उपचाररत  रहेका छन्। 

मन्त्रालयका अनुसार  २४ घण्टामा  १६ सय चार जनाको कोरोना परीक्षण गर्दा  ९९ जना कोरोना सङ्क्रमित थपिएका छन्।  सोही समयमा ५० जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्। 

२४ घण्टामा  १२ हजार ५८७ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।  नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३७७ पुगेका छन्। 

 मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना सङ्क्रमण फैलिन नदिन जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्नुभएको छ।