• ८ वैशाख २०८१, शनिबार

राष्ट्रव्यापी स्ट्रिट वर्कआउट प्रतियोगिता शनिबार

blog

स्ट्रिट वर्कआउट प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : ग्राफिक आर्ट्स

काठमाडौं, वैशाख ३ गते । स्ट्रिट वर्कआउट प्रतियोगिता शनिबार हुने भएको छ । नेपाली यूथ फिटनेस एण्ड केलिस्थेनिक्स (एनवाईएफसी) को आयोजनामा हुने प्रतियोगिताका खेलहरू नक्सालस्थित नारायण चौरमा सञ्चालन गरिने बताइएको छ ।

प्रतियोगितामा बार वर्कआउट र सर्किट वर्कआउट गरी दुई वटा विधा समावेश गरिएको छ । जसमा पुरुष बार, पुरुष सर्किट, महिला सर्किट, सिनियर ४०ं सर्किट, अन्डर १६ बार गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ३५० देखि ४०० खेलाडीको सहभागिता रहनेछ । 

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै बार वर्कआउट र सर्किट वर्कआउटको संयुक्त विधामा सर्वोत्कृष्ट समयमा तोकिएको वर्कआउट पूरा गर्ने खेलाडीले समग्र विजेता बन्दै ५१ हजार रुपियाँ पुरस्कार पाउनेछ ।

प्रतियोगितालाई हिमालय क्वेस्टा प्रो प्रोटिन सप्लिमेन्ट कम्पनीले प्रायोजन गरेको छ ।