यस्तो हो रक्त क्यान्सर

bishesh paudelडा. विशेष पौड्याल


शरीरमा चाहिनेभन्दा बढी मात्रामा बिग्रेको र काम नगर्ने कोषको उत्पादन हुनुलाई क्यान्सर भनिन्छ । शरीरमा अनियन्त्रित तरिकाले कुनै पनि सेलको विकास भयो भने क्यान्सर हुनसक्छ । रगतमा कोष (सेल) र प्लाज्मा हुने गर्दछ । क्यान्सर हुने भनेको कोषमा हो । रातो वा सेतो कोषमा क्यान्सर हुने गर्दछ । नेपालमा अधिकांश रूपमा देखिने रगतको क्यान्सर लिफ्युमिया हो, जुन सेतो रगतमा देखिन्छ । रगतमा देखिने अर्को कमन (साझा) क्यान्सर लिम्फोमा हो । यो पनि सेतो कोष (डब्लुविसी)को क्यान्सर हो । अर्को देखिने क्यान्सर मल्टिपल मायोलोमा हो । यो पनि सेतो रगतमा देखिने हो । यी क्यान्सर नेपालमा धेरै देखिन्छ ।
रातो रगतको क्यान्सर पनि ‘पोलिसाइथेमिभिरा’ पनि नेपालीलाई लाग्ने गरेको छ । त्यस्तै प्लेटलेसको क्यान्सर पनि हुने गरेको छ । त्यसलाई थ्रोम्बोसाइटोपेनिया भन्दछौं । यो क्यान्सरमा चाहिने भन्दा बढी प्लेटलेस बढ्ने गर्दछ ।
रगतको क्यान्सर एउटा छिटै बढ्ने हुन्छ । उपचारमा दुई तीनहप्ता मात्र ढिलो हुन गयो भने बिरामीको ज्यान जान सक्छ । अर्को ‘क्रोनिक लिक्युमिया’ भन्ने हुन्छ । यो विस्तारै बढ्ने गर्दछ । क्रोनिक लिक्युमियामा कुनै बिरामीलाई उपचार चाहिन्छ भने कुनैलाई उपचार चाहिँदैन । विस्तारै बढ्ने भएकोले क्रोनिक अक्विड लिक्युमियाजस्तो हुँदैन । रगतको क्यान्सर भन्दैमा आत्तिहाल्नु पर्दैन । विस्तारै बढ्ने खालको हो कि एकदम चाँडै बढ्नेखालको हो त्यसमा ध्यान दिनुपर्छ । सबै रगतका क्यान्सर भन्ने बित्तिकै बिरामी मरिहाल्छ भन्ने छैन ।
लक्षण
धरैजसो रगतको क्यान्सरमा रगत जथाभावी बढ्ने हुन्छ । नाक, मुख, गिजा, छाला, पेट वा शरीरको अन्य भागमा अत्यधिक रक्तश्राव हुने गर्दछ । शरीरमा सेतो रक्तकोष डब्लुविसी अत्यन्त बढ्ने वा एकदम कम हुने गर्दछ । शरीरमा संक्रमण भइरहने, निमोनिया हुने, कडा खालको संक्रमण हुनसक्छ, हेमोग्लोविन घटेर बिरामी हिँड्न नसक्ने, स्वाँस्वा हुने, भ¥याङ चढ्दा अप्ठ्यारो हुने, थाकेको महसुस गर्ने, कान कराइरहेको जस्तो हुने, खुट्टा गल्ने हुन्छ ।
प्लेटलेस बढ्ने र रातो रक्तकोष बढ्ने क्यान्सरमा कि पक्षघात हुने कि मस्तिष्कघात हुने, कि ह्दयघात पनि हुनसक्छ । रातो रगत अत्यन्त बढेर रगत बाक्लो हुने र जम्ने हुन्छ । रगत मुटु या दिमाग (गिदी) मा जम्दछ । त्यसले गर्दा ह्दयघात वा मस्तिष्कघात हुने गरेको छ । यी बाहेक हड्डी भाँचिएर पनि रगतको क्यान्सर भएर आएका हुन्छन् । पहिलो लक्षण भनेकै हड्डी भाँचिन्छ । ढाड दुख्यो भनेर चिकित्सककहाँ जान्छन् । त्यो बेला हड्डी भाँचिएको भन्ने थाहा हुन्छ । त्यसको कारण खोज्दै जाँदा रगतको क्यान्सरले पनि हड्डी भाँचिएको हुन्छ । मल्टीपल मायोलोमा भन्ने रोगमा हड्डी भाँचिएर वा मिर्गौला बिग्रिएको हुन्छ । मर्गौला बिग्रियो भनेर डाक्टरकहाँ जादाँ रगतको क्यान्सरले गर्दा मिर्गौला बिग्रिएको भन्ने पत्तो लाग्दछ ।
रगत कमी भएर हुने क्यान्सर, शरीरमा गाँठागुँठी पलाएर हुने क्यान्सर, हड्डी भाँच्चिएर र मिर्गौला बिग्रिएर पनि रक्त क्यान्सर हुने गर्दछ । रगत बाक्लो भएर पनि रक्तक्यान्सर हुने गर्दछ ।
उपचार
रगतको क्यान्सरको उपचार किमोथेरापी दिएर गर्ने हो । त्यसपछि बोनम्यारो प्रत्यारोपण गरिन्छ । यो बाहेक अन्य उपचार त्यति प्रभावकारी छैन । कसैलाई रगतको क्यान्सर भयो भनेर अस्पताल आउनेलाई कस्तो खालको क्यान्सर हो छुुट्याएर उपचार गरिन्छ । जटिल क्यान्सर भएको छ भने ३० देखि ४० प्रतिशत सफल उपचार हुन सक्छ । हड्डी भाँचिएर वा मिर्गौला बिग्रिएर रगतको क्यान्सर (मल्टिपल मायोलोमा) भएको छ भने छुट्टै किसिमको उपचार गर्ने गरिन्छ । ६५ वर्षमाथिको बिरामी छ भने पहिलो उपचार तीन–चारपटक किमोथेरापी दिएर बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ । लिम्फोमा बिरामीलाई कतिपयलाई औषधि पनि नदिए हुन्छ । उनीहरूलाई हेरचाह गरे मात्र पनि पुग्छ । धेरैजसोलाई किमोथेरापी दिएर उपचार गर्नुपर्छ । लिम्फोमामा हजकिङ भन्ने बिरामीलाई पनि किमोथेरापी मात्र दिएर ७० देखि ९० प्रतिशत रोग निको पार्न सकिन्छ । किमोथेरापी दिएर पनि रोग बल्झिएर आएको खण्डमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ । रगत बाक्लो हुने रोगमा बिरामीको अवस्था हेरेर उपचार गर्नुपर्छ । कसैलाई रगत फाल्नुपर्छ भने कोहीलाई औषधि दिएर पनि बचाउन सकिन्छ । रातो रगत मात्र बढेको छ भने औषधि खाएर र समयसमयमा रगत झिकेर पनि १५ । २० वर्ष बचाउन सकिन्छ । रोगको प्रकृति अनुसार उपचार हुने हुँदा रक्त क्यान्सर हुने बित्तिकै मरिहाल्छ भन्न मिल्दैन । १५–२० वर्षपछि अर्को औषधि आइसकेको हुन्छ । क्यान्सरका बिरामीलाई पाँच वर्ष बचाउनु भनेको ठूलो हो । अर्को पाँच वर्षमा अन्य औषधिहरूको विकास भइसकेको हुन्छ ।
बोनम्यारो प्रत्यारोपण
नेपालमा बोनम्यारो प्रत्यारोपण सिभिल अस्पतालमा मात्र हुने गरेको छ । प्रत्येक महिना दुईदेखि तीन जनासम्मलाई बोनम्यारो प्रत्यारोपण गर्ने गरिन्छ । सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपणको लागि दुईवटा बेड
(शैया) छन् । बोनम्यारो प्रत्यारोपण अत्यन्त जटिल हुन्छ । हेर्दा एउटाको बोनम्यारो अर्कोलाई दिएजस्तो देखिन्छ तर धेरै गाह्रो हुन्छ । प्रत्यारोपणको क्षेत्रमा बोनम्यारो प्रत्यारोपण सबैभन्दा अप्ठ््यारो प्रत्यारोपणमध्ये पर्दछ ।
क्यान्सरमा ४० देखि ५० प्रतिशत र क्यान्सर बाहेक अन्य रोगमा रोगको अवस्था हेरेर ७० देखि ८० प्रतिशतसम्म बचाउन सकिन्छ । नेपालमा सबैभन्दा बढी देखिने क्यान्सर लिक्युमिया हो । अहिलेसम्म सबैभन्दा बढी प्रत्यारोपण गरेको पनि लिक्युमियाका बिरामीहरू हुन् । लिम्फोमा क्यान्सर वंशाणुगत हुनसक्छ ।
कारण
रगतको क्यान्सरको ठोस कारण चारवटा देखिएको छ । यदि कोही व्यक्ति लामो समयसम्म विकिरण भएको ठाँउमा काम गरेको छ भने उसलाई रक्त क्यान्सर लाग्नसक्छ । यदि पहिले नै किमोथेरापी पाएको छ भने त्यसलाई रक्त क्यान्सर हुने सम्भावना रहेको हुन्छ । कुनै व्यक्तिले पहिले लामो समयसम्म रेडियोथेरापी पाएको छ भने त्यसलाई क्यान्सर हुने सम्भावन रहन्छ । कुनै बिरामीले लामो समयसम्म बेन्जिन भन्ने केमिकल प्रयोग गरेको छ भने पनि क्यान्सर लाग्ने सम्भावना हुन्छ । यो केमिकल रबर, पेट्रोल र पेन्ट्समा पाइन्छ ।
ब्याक्टेरियाहरूको संक्रमणले पनि क्यान्सर गराउँछ । पेटमा एचपाइलरी भन्ने ब्याक्टेरिया हुन्छ । त्यसले लिम्फोमा गराउन सक्छ । लामो समयसम्म भाइरल संक्रमणले पनि क्यान्सर गराउन सक्छ ।
कम छैन नेपाल
विश्वका कुनै विकसित मुलुकभन्दा नेपालमा रक्त क्यान्सरको उपचार कम छैन । विदेशमाभन्दा कम उपचार नेपालमा छ । विदेशमा जुन प्रविधिबाट उपचार गरिन्छ, नेपालमा पनि त्यही प्रविधिबाट गर्ने हो । जेनेटिक क्यान्सरमा हुने प्रयोगशाला पनि हाम्रो सिभिल अस्पतालमा छ । यस्तो प्रयोगशाला नेपालका अन्य कुनै पनि अस्पतालहरूमा छैन । ‘मलिकुलर टेष्ट’ पनि शुरु हुँदैछ । क्यान्सर सम्बन्धी डायग्नोष्टिक ल्याब (पहिचान प्रयोगशाला) हरू, रगत क्यान्सर पत्ता लगाउन अनिवार्य मानिएको फ्लोसाइटो मेसिन पनि सिभिल अस्पतालमा छ । उपकरणको हिसाबले सम्पूर्ण उपकरणले हामी सक्षम छौँ । संसारमा सबैभन्दा सस्तोमा बोनम्यारो प्रत्यारोपण हुने देश नेपाल हो । नेपालमा अटोलोगस (आफ्नो रगत आफैँलाई दिने) प्रत्यारोपणमा पाँच लाख रुपियाँमा प्रत्यारोपण गर्ने गरिएको छ । एलोजेनिक प्रत्यारोपणमा १० लाख रुपियाँ लाग्ने गरेको छ । ‘ब्लड इराइडिडेटर’ पनि सिभिल अस्पतालसँग मात्र छ ।

प्रस्तुतिः सरोज ढुंगेल

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना