शक्तिको प्रादुर्भाव र रूप

Badri pokhrelडा. बद्री पोख्रेल

नवदुुर्गाको पूूजालाई हिन्दूहरू खुुसी, उत्साह, प्रेरणा र शक्ति सञ्चयको प्रतीकका रूपमा लिने गर्छन् । हिन्दू धर्मग्रन्थअनुुसार देवी वा शक्तिपूूजालाई विजय, आत्मोन्नति र शत्रुुपराभवका रूपमा पनि अनुुष्ठान र पूूजा गर्ने गरिन्छ । संसारभर धर्मकै आधारमा रीतिरिवाज र परम्पराहरू निर्माण भएका हुुन्छन् । समाजका रीतिरिवाज, सामाजिक मान्यताहरू, प्राचीन वा आधुनिक परम्पराहरू धर्मकै शृङ्खलामा आबद्ध हुन्छन् । यतिमात्र हैन, सम्पूर्ण चराचर–विश्व नै धर्ममा अडेको हुन्छ । ‘धर्मो विश्वस्यजगतः प्रतिष्ठा’ भनिन्छ । धर्मद्वारा निर्देशित र प्रेरित चित् शक्ति, ज्ञानशक्ति र क्रियाशक्तिद्वारा समाजको पूर्ण विकास हुन्छ ।
कुनै पनि मानिस ज्ञात वा अज्ञात जुनसुकै रूपले भए पनि कुनै एक धर्मप्रति आकृष्ट भएको हुन्छ र त्यसबाट उसले आफ्नो जीवन–दर्शनमा आवश्यक सम्बल प्राप्त गर्छ । यसरी आपूmले अनुशरण गरेको धर्मको विषयमा उसमा बढी जिज्ञासा स्वभावतः उठ्न थाल्छ । धर्मको अनुशरणबाट मैले आफ्नो जीवनको निश्चित लक्ष्यमा पुग्न के कति उपलब्धि हासिल गर्नुपर्छ र गर्नसक्छु भन्ने ? भन्ने सोच्न थाल्छ ।
कुनै पनि धर्म एक वा अनेक महापुरुषको सत्प्रयास वा योगदानले अनुप्राणित हुन्छ । वैदिक सनातनधर्म वा हिन्दू धर्ममा यस प्रकारको तìव अनादिशक्तिको स्रोतलाई मानिन्छ । त्यसैलाई शक्तिरूपा देवी पनि भनिन्छ । जसप्रति बढी आस्था, श्रद्धा एवं भक्ति, अनुराग वा प्रेम हुन्छ त्यसैलाई शक्ति वा प्रेरणाको केन्द्रविन्दु मानिन्छ । त्यसैले भावना वा दिव्यतालाई अँगाल्दै दैवीशक्तिको रूप लिन्छ । हाम्रो वैदिक हिन्दू धर्मअनुसार कसैले जगज्जननी जगत्मातालाई शक्तिको स्रोत मान्छन् त कसैले सरस्वती, लक्ष्मी, उमालाई ब्रह्मा–विष्णु–शिवशक्तिको केन्द्रविन्दु मान्छन् । यसरी दैवीतìवको अनुुष्ठानलाई मनन गर्दा जुन आफ्नो आराध्य छ, इष्ट छ, जसप्रति आफ्नो निष्ठा छ, श्रद्धा छ, विश्वास छ जसबाट भक्तलाई ऐह लौकिक र पारलौकिक कल्याण वा आत्यन्तिक सुख प्राप्त भएको अनुुभूूति हुन्छ त्यो नै शक्तिको स्रोत हो । शक्तिको स्वरूप हो ।
देवी भागवतका अनुुसार उहिले शक्तिको वास्तविक स्वरूपको आदि अन्त्य नपाएर स्वयं जगत्स्रष्टा विधाताले नतमस्तक भएर करपल्लव जोर्दै आफ्नो जिज्ञासा प्रकट गर्नुुभएको प्रसङ्ग पाइन्छ । “एक अद्वितीय ब्रह्मातìव भनेर ब्रह्मातìवको वर्णन बृहद् रूपले गरिएको पनि छ । बृहद् ब्रह्मातìव हजुर नै हुुनुुहुुन्छ कि कसो ? यदि हजुर नै होइबक्सिन्छ भने हजुर स्त्री या पुरुष के होइबक्सिन्छ ?” यसको प्रत्युत्तरमा जगज्जननी शक्तिमाताले आफ्नो भक्तको आकांक्षा शान्त गर्दै आफ्नो स्वरूप यसरी प्रष्ट्याउनु भएको छ – ‘म र ब्रह्ममा कुनै अन्तर छैन । हामी दुुवै एकै हौँ । जो ब्रह्म हो त्यै म हुँ, जो म हुँ त्यै ब्रह्म हो । केवल बुद्धिको भ्रान्ति वा भेद बुद्धिले मात्र अन्तरजस्तो देखापरेको हो । संसारको प्रलयको अवस्थामा म फेरि न स्त्री हुन्छु न पुरुष हुन्छु न त नपुंसक नै । केवल चित्त चलायमान अवस्थामा मात्र भेद बुद्धि देखिएको हो । वास्तवमा म र ब्रह्मा एकै हो । ’ यसरी ब्रह्मजीलाई जगज्जननी विष्णुमायाले आफ्नो साक्षात् स्वरूप बताएर सन्तुष्ट पारिदिनु भएको प्रसङ्गले पनि देवी सत्ता र महìवको बोध गर्न सकिन्छ । शक्तिरूपा देवी नै ब्रह्म र ब्रह्म रूप शक्ति नै देवी हुँदा वेदान्तादि षड्दर्शनको सिद्धान्त शास्त्रसङ्गत हुनआउँछ । यिनै शक्तिको तीन रूप मानिन्छ –महाकाली, महालक्ष्मी, महासरस्वती । यी तीनै रूप शक्तिको महत्ता र वैशिष्ट्यमा सप्तसती
(चण्डी) गाथा आधारित भएको कुरा सर्वविदित छ । यिनै त्रिशक्तियुता देवीले नै मधुुकैटव
(चण्डीको प्रथम चरित्र), महिषासुर
(चण्डीको द्वितीय चरित्र), रक्तविज, शुम्भ, निशुम्भ आदि (चण्डीको तृतीय चरित्र) भयङ्कर दानवलाई विनाश गर्नुभएको कुरा सप्तसतीको पाठबाट ज्ञान गर्न सकिन्छ । त्यसैले अद्वैतवादी शङ्कराचार्यले पनि अद्वैतवादको तìवार्थ र शक्तिको महत्तालाई दर्शाउँदै भन्नुभएको थियो “अद्वैतनाम्नी परमेश शक्तिः” । जब मानिस दैवीशक्ति र सम्पदायुक्त हुन्छ तबमात्र ऊ सच्चा मानव हुन्छ । यसप्रकार मानवताको पराकाष्ठा नै दैवी सम्पद् र शक्तिको प्राप्ति हो भन्ने कुरा निर्विवाद रूपमा दर्शाइएको छ ।
यिनै जगज्जननी महाशक्तिलाई प्रकृतिका नामले पनि पुकारिन्छ । किनकि प्रकृतिले विभिन्न रूपले सन्तान रूप वीजाङ्कुरादिलाई आविर्भाव गराइरहेकी हुन्छिन् । आफूले आविर्भाव गरेका वस्तुुहरूकोे संरक्षण र संहार पनि प्रकृतिकै कालचक्रबाट हुन्छ । साङ्ख्यदर्शनका अनुसार त्रिगुण (सत्व, रज, तम) को साम्यावस्थालाई नै प्रकृति मानिन्छ र यसैमा मनुष्य जातिले मनुष्यत्वको ज्ञान गर्न सक्तछ । सत्व गुण प्रधान भएको समयमा मानिसमा दिव्यता आउँछ र ऊ विश्वबन्धुको रूपमा देखापर्छ । तमोगुण प्रधान भएको समयमा त्यै मानिस कर्तव्याकर्तव्य ज्ञानरहित भएर पतनोन्मुख हुन्छ । यसरी सत्व र तमोगुण प्रधान भएको अवस्थामा सर्गवन्ध हुन्छ र रजो गुणको अवस्थामा प्रकृतिबाट महìवादि गुणहरूको सृष्टि हुन्छ । यस प्रकारले शक्तिको महìव विभिन्न अन्य दर्शनमा पनि वर्णित छ ।
वेदान्त दर्शनले शक्तिको दुई रूपमा विभाजन भएको बताउँछ – विद्या र अविद्या । विद्या रूप शक्तिबाट मुक्ति वा कैवल्य र आत्यन्तिक सुख प्राप्त हुन्छ । यसै शक्तिद्वारा हाम्रा विभिन्न कार्यहरू निर्विध्न रूपले सम्पन्न हुन्छन् । विद्याको ठीक उल्टो हो अविद्या । जसले मुक्तिको सट्टा बन्धनमा पार्छ ।
यिनै जगज्जननी शक्तिलाई विष्णुको मायावतार भनेको पनि पाइन्छ । विष्णुमायाको रूपमा पनि तिनै शक्तिले अनुलनीय योगदान दिएको फस्वरूप “विष्णुमायां प्रतुष्टुवुः” (चण्डी) भनेको पाउँछौँ । यिनै शक्ति ब्रह्मरूप रहेछिन् भन्ने वागाम्भृगी सुक्तबाट पनि अवगत हुन्छ । कसै कसैले यिनै शक्तिलाई ब्रह्ममहिषीको रूपमा स्वीकार गरेको पनि पाइन्छ– “सतां भक्तेर्वीजं त्वमसि परब्रह्म महिषी । ’
यिनै कल्याण प्रदायिनी शक्तिलाई शिवा रूपले पनि अभ्यर्चना गरिन्छ, जुन शिवालाई कार्यको सुरुमा स्मरण गरिन्छ, निर्विध्न कार्य सिद्धिको निमित्त यिनै देवी समस्त मानवात्मामा विष्णुमाया, चेतना, बुद्धि, ज्ञान लज्जा, आदि रूपले प्रतिष्ठित छन् (या देवी सर्वभूूतेषुु लज्जा रूपेण संस्थिता) ।
हिन्दूहरू (विशेषतः नेपालीहरू) यिनै शक्तिको यो शरद्कालमा बडो आनन्दमय वातावरणमा श्रद्धा एवं धुुमधामकासाथ अभ्यर्थना गर्छन् । अर्चना गर्छन् । यो अवधिलाई नै दशैँको रूपमा अङ्गीकार गरेर नौ दिनसम्म प्रतिपदा
(घटस्थापना) देखि नवमीसम्म त्रिशक्तिदेवी
(महाकाली, महालक्ष्मी, महासरस्वती) का रूपमा शैलपुुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री आदि नौ नामले नवदुुर्गा भनेर पूूजा गरिन्छ र दशमीका दिन विसर्जन गरेर प्रसाद लगाइन्छ । रामचन्द्रले रावणवध गरेको समेत मानिने दशौँ दिनमा प्रसादको रूपमा दही, अक्षता र जमारा लगाउँछौँ । तिनै नौ दिनमा विभिन्न देवदेवीका मन्दिरमा गएर स्तुति जप पाठ गर्ने परम्परा व्यापक छ ।
नवदुुर्गा पूूजाको वैज्ञानिक महìवबारे पनि विद्वान्हरू आ–आफ्ना विचार व्यक्त गर्छन् । कसैले नवदुुर्गा पूूजाबाट भावनात्मक शक्ति प्राप्त हुुने बताउँछन् भने कसैले ध्यानमार्फत् शक्तिसञ्चय हुुने तर्क गर्छन् । यसबारे वैज्ञानिक अनुुसन्धान भइनसकेको भए पनि ध्यान र प्राणायामको माध्यमबाट शरीर र आत्माका बीचमा एकाकार भाव सिर्जना हुुनेबारे भने रामदेव र उनका अनुुयायीहरू एवं जीवनदर्शनका व्यख्याताहरू स्पष्ट छन् ।
जेहोस् नवदुुर्गा पूूजा हाम्रो धर्म, संस्कृति र परम्पराको प्रतीक हो । तमाम हिन्दूहरू यो अवधिलाई शक्तिप्राप्तिको उल्लासको रूपमा लिन्छन् । मानवीय कमजोरीका पाटालाई छोडेर चिन्तन मनन गर्दा भने दुुर्गा पूूजाका दिनहरूलाई बहुपक्षीय महìवका रूपमा लिनुुपर्ने कुुरामा पारम्परिक एवं शास्त्रीय दुवै आधार बलिया पाइन्छन् । पर्व र धार्मिक कृत्यहरूलाई कुुन उद्देश्य वा बाटोमा लैजाने भन्ने कुुरा अनुुशरण र पालन गर्नेहरूकै अनुुशीलनमा भर पर्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds