• १६ चैत २०८०, शुक्रबार

खरेलको ‘पुरुष’ उपन्यास बजारमा

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, वैशाख ३ गते । नयाँ वर्ष २०८० को अवसरमा उपन्यासकार कल्पना खरेलले आफ्नो नवीनतम कृति ‘पुरुष’ उपन्यास बजारमा ल्याउनुभएको छ। उहाँले यस उपन्यासमार्फत पुरुषको अन्तर्भावनाको आवाज मुखरित गरेको बताउनुभयो।

उपन्यासकार खरेलले उपन्यासमा नारी मात्र पीडित छैनन्, पुरुष पनि पीडित छन् भन्ने भाव व्यक्त भएको बताउनुभयो। उपन्यासमा पुरुषभित्रको सकसलाई भित्रैसम्म पसेर सूक्ष्म अन्तर्दृष्टि लगाएर विषयवस्तु उनिएको लेखक खरेलको भनाइ छ। उहाँले पुरुष उपन्यास घर–घरको कथा भएको पनि बताउनुभयो। महिलाद्वारा मनोविज्ञानमा आधारित भएर लेखिएको उपन्यासमा ‘मर्द’को खोलभित्र लुकेका अनेकौँ कुण्ठा उद्घाटन गरिएको छ। कतै पुरुषका आँसु पोखिएको छ त कतै पुरुष/महिलाको चक्रव्यूहमा फसेको कथा छ। उपन्यासकार खरेलका यसअघि आधा दर्जनभन्दा बढी कृति प्रकाशित भइसकेका छन्।