• १३ वैशाख २०८१, बिहिबार

‘नथाकेको घाउ’ कृतिको लोकार्पण र ‘अमर सूक्तिसुधा’ को परिचर्चा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २ गते । साहित्य सन्ध्याको ४३९ औँ विशेष शृङ्खला आज शनिबार सम्पन्न भएको छ । पदमोदय मावि रामशाहपथ काठमाडौँमा आयोजना गरिएको विक्रम संवत् परिचर्चा, नथाकेको घाउ कथासङ्ग्रहको लोकार्पण तथा  ‘अमर सूक्तिसुधा’ कृतिको परिचर्चा गरिएको छ । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा भएको कार्यक्रममा सो चर्चा गरिएको उपाध्यक्ष रमेश पोखरेलले बताउनुभयो । 

कार्यक्रममा  ‘विक्रम संवत्को प्रचलन र महत्त्व’ विषयमा प्रा. दिनेशराज पन्तले चर्चा गर्नुहुँदै अभिलेखका आधारमा लिच्छवीकाल पहिलो प्रामाणिक संवत् चलाउने समय भएको बताउनुभयो । सांस्कृतिक पक्षलाई समेटेको विक्रम संवत् ऐतिहासिक एवम् सांस्कृतिक हिसाबले महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो । 

कार्यक्रममा प्रा. दिनेशराज पन्त, प्रा.डा. रमेशप्रसाद भट्टराई, डा. षडानन्द पौड्याल, वासुदेव अधिकारी, युद्धप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष डा. फणीन्द्रराज निरौला, प्रा.डा. खेमनाथ दाहाल, डा.गोविन्दप्रसाद आचार्य, वरिष्ठ कविहरू कणाद महर्षि र डम्बर पहाडी ‘एलाक’, नियात्राकार पोषरमण चापागाईँ डा. रूपनारायण श्रेष्ठ, खेमराज निरौला, नर्मदेश्वरी सत्याल, गोपालकुमार मैनाली र सीताराम ढकाल फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकालको सहभागिता थियो । 

कथाकार तारा गाउँलेद्वारा लिखित ‘नथाकेको घाउ’ कथासङ्ग्रहको लोकार्पण गरिएको छ । कार्यक्रममा साहित्यकार मुकुन्द न्यौपानेद्वारा लिखित  ‘अमर सूक्तिसुधा’  बारे चर्चा परिचर्चा गरिएको छ । अध्यक्ष राम विनयले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।