• ७ वैशाख २०८१, शुक्रबार

कालीकोटमा आइतबार किताब वितरण

blog

बिनोद बुक सेन्टरले आइतबारदेखि वितरण गर्न तयार पारेको पाठ्यपुस्तक । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट वैशाख २ गते । कालीकोट जिल्लामा यसपालिका पाठ्पुस्तक आइतबारबाट वितरण सुरु हुने भएको छ । शैक्षिक सत्र सुरु भएको तीन दिनपछि जिल्लाको डिपोबाट किताब वितरण सुरु हुने भएको हो । 

अघिल्ला वर्षमा जनशिक्षा सामाग्री केन्द्रले समयमा किताब नदिएका कारणले जहिले पनि अभाव हुने कालीकोटमा यसपालिका भने शैक्षिक सत्र सुरु भएकै दिन कालीकोटमा पाठ्यपुस्तक पुगेपछि ३ गतेबाट वितरण गर्न लागिएको हो । 

लामो समयदेखि किताब आपूर्ती गदै आएको विनोद बुक सेन्टर मान्मका वितरक नन्दबहादुर शाहीले आफ्नो गोदाममा दुई हजार पाँच सय सेट किताब आइपुगेकाले आइतबारबाट वितरण सुरु हुने बताउनुभयो । 

हाँले एक हजार पाँच सय सेट कक्षा १ देखि ५ सम्म र एक हजार सेट किताब कक्षा ६ देखि १० सम्मको रहेको जानकारी दिनुभयो । उहाँले सार्वजनिक सूचनासमेत गरेर किताब वितरण हुने बताउनुभएको छ ।