• ११ वैशाख २०८१, मङ्गलबार

महाराष्ट्रको रायगढमा बस दुर्घटना : १२ जनाको मृत्यु, २५ घाइते

blog

फाइल तस्बिर ।

नयाँदिल्ली, वैशाख २ गते । महाराष्ट्र राज्यको रायगढमा आज बिहान भएको यात्रीवाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

४० जना यात्री लिएर पुणे सहरको पिम्पल गुरव क्षेत्रबाट गोरेगाउँतर्फ गइरहेको सरकारी स्वामित्वको उक्त बस आज बिहान चार बजे खाल्डोमा खसेको स्थानीय प्रहरीले सिन्ह्वालाई फोनबाट बताएका हुन् । प्रहरीका अनुसार बसमा ४० जनाभन्दा बढी सवार थिए ।

गृहमन्त्री अमित शाहले उक्त दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै उद्धार तथा उपचारमा जुट्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । स्थानीय प्रशासन सहायताका निम्ति घटनास्थलमा जुटेको छ । उद्धार तथा राहतका कार्य अझै जारी रहेका बताइएको छ । रासस/सिन्ह्वा