• १६ चैत २०८०, शुक्रबार

छैठौं अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सम्पन्न

blog

गाेरखापत्र अनलाइन

काठमाडाैँ, बैशाख २ गते । नेपाल एकायन कराँते सङ्घ, कंकेश्वरी शाखाको आयोजनामा छैटौँ अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिका–२० वडा, मरुहितिस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयको हाताभित्र महिला पुरुष गरी १० विभिन्न समूहमा प्रतियोगिता भएको थियो । 

खुल्ला तौल समूहमा अधिस विक प्रथम, हरि नन्द मण्डल दोस्रो, हेमन्त शाक्य तेस्रो भएका छन्। यस्तै, पुरुष २५ किलोग्राम मुनि अरुण लामा पहिलो, मानिस परियार दोस्रो , एलिस खत्री तेस्रो भएका छन् ।

यस्तै, ३० किलोतर्फ प्रविन श्रेष्ठ पहिलो, इसान सापकोटा, साइन भुजेल तेस्रो भएका छन् । ३५ किलोतर्फ आकास नेपाली पहिलो , अपिल तामाङ दोस्रो, रोमियो अधिकारी तेस्रो भएका छन्।

४० केजी समूह तर्फ प्रविन बस्नेत पहिलो, रोहित अधिकारी दोस्रो र निर्मल कोइराला तेस्रो भएका छन्। ४५ किलो समूहमा सेख रिजवाना प्रथम, जोसेफ लामा दोस्रो र जगत प्रजा तेस्रो भएका छन् । ५० किलो समूहतर्फ प्रिन्स देउला, प्रवेश गुरुङ दोस्रो र विवेक तामाङ तेस्रो भएका छन्।  

यसैगरी, खुला महिलातर्फ तेजस्वी लामा पहिलो, कला राई दोस्रो, अर्चना तामाङ तेस्रो भएका छन्। महिलातर्फ ३५ किलो समूहमा निसा तामाङ प्रथम, खुसी धामी दोस्रो र उप्साना धामी तेस्रो भएका छन् ।  ४९ केजी समूहतर्फ उर्मिला कटुवाल पहिलो, विपना घिसिङ दोस्रो र उर्मिला गुरुङ तेस्रो भएका छन् । ५० केजीमाथिको समूहमा सरु थापा मगर पहिलो, आशा तामाङ दोस्रो, चन्द्रिका शाही तेस्रो भएका छन्। 

विभिन्न विद्यालयका महिला र पुरुष गरी १२० जना खेलाडी सहभागी थिए  ।

पदक विजेता खेलाडीहरूलाई प्रतिनिधि सभा सांसद सपना राजभण्डारीले सम्मान तथा ट्रफी वितरण गर्नुभएको थियो ।