• १२ वैशाख २०८१, बुधबार

शोकसभामा सहभागी हुन हिँडेका आठ जनाको दुर्घटनामा मृत्यु

blog

सवारी दुर्घटनामा मृत्यु । फाइल तस्बिर

श्रावस्ती (उत्तर प्रदेश), वैशाख २ गते । उत्तर प्रदेशको श्रावस्तीस्थित राष्ट्रिय राजमार्गमा आज (शनिबार) बिहान भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् ।

आफन्तको निधनमा आयोजना गरिएको शोकसभामा सहभागी हुन लुधियानाबाट आएका उनीहरूको सवारी साधन इकाउना प्रहरी चौकीको क्षेत्रमा पर्ने रुखमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । छ जनाको घटनास्थलमा नै मृत्यु भएको बताउँदै श्रावस्तीका प्रहरी उपरीक्षक प्राची सिंहले गम्भीर घाइते भएका आठ जनालाई बहराइच अस्पताल पठाएको जानकारी दिएकी छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । रासस/एएनआई