• ८ वैशाख २०८१, शनिबार

ट्याक्टर पल्टिँदा एकको मृत्यु, चार गम्भीर घाइते

blog

हरि कोइराला

उर्लाबारी, बैशाख २  गते । मोरङ रङ्गेली विराटनगर सडक खण्ड अन्तर्गत रङ्गेली ४ स्थित आमतोला चोकमा शनिबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना सामान्य घाइते भएका छन् । घाइतेमध्ये चार जना गम्भीर छन् ।

इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार ग्रामथान गाउँपालिका ५ की ६५ वर्षीया वैशाखी चौधरीको घटना स्थलमै मृत्यु भएको छ । पश्चिमीबाट रङ्गेली तर्फ आउँदै गरेको कोशी प्रदेश ०१–००१ त ९५५३ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टरमा २० जना सवार थिए । घाइते हुनेमा  ग्रामथान ५ का ६२ वर्षीय दुखिया चौधरी, २६ वर्षका अनिल माझी, टेकनारायण माझी, सुनिल चौधरी, ५० वर्षका टिकाराम माझी, ६५ वर्षका मधुराम माझी ,  २५ वर्षकी रिता कुमारी माझी, ५ वर्षीय रितेश माझी, ३५ वर्षीया रिता चौधरी हुनुहुन्छ । 

यस्तै, ४३ वर्षीय अनुलाल माझी, ४२ वर्षीया पुरनसरी चौधरी, ३५ वर्षीया  सुनिता भगत, १० वर्षीय बिकेस भगत हुनुहुन्छ । यसै गरी, रङ्गेलीकी २० वर्षीया जानकी कुमारी माझी, ३१ वर्षीया सुनवर्ति चौधरी, तीन वर्षीय जितनी चौधरी, तीन वर्षीय रायन चौधरी र ४० वर्षीय किन्ती चौधरी घाइते भएका छन् ।  घाइतेमध्ये रङ्गेली अस्पतालमा चार जनाको उपचार भइरहेको छ भने १३ जनालाई उपचारका लागि विराटनगर पठाइएको छ ।