• ६ वैशाख २०८१, बिहिबार

बोरिङ गाडेपछि पिउने पानी सहज

blog

बुटवल समाचारदाता 

बुटवल, वैशाख २ गते । रुपन्देही जिल्लाको पश्चिम क्षेत्र आमी, लौसा, बेलभरिया र बकुलघाटका बासिन्दाका लागि नयाँ वर्ष खुसी लिएर आएको छ । वर्षौंदेखि पिउने पानीको अभाव झेलिरहेका ती क्षेत्रका सयौँ घरपरिवारलाई पानी पु-याउने उद्देश्यले बोरिङको व्यवस्था गरिएपछि अहिले ती बस्तीमा खुसी छाएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका र सैनामैना नगरपालिकाका आमी, लौसा, बेलभरिया र बकुलघाटका बासिन्दाका लागि बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले लौसामा बोरिङमार्फत बिहीबारदेखि पिउने पानीको व्यवस्था गरेको हो । 

सैनामैना नगरपालिकामा सबैभन्दा बढी आमीका बासिन्दाले वर्षौंदेखि खानेपानीको अभाव भोगिरहेका थिए । अहिलेसम्म पनि पानीका लागि सङ्घर्ष गर्नुपर्ने अवस्था थियो । बाँसगढी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मुक्तबहादुर थापाले बोरिङमार्फत अस्थायी रूपमा उपभोक्तालाई राहत दिन सफल भएको बताउनुभयो ।  

बाँसगढी खानेपानीले ओभरहेड 

ट्याङ्कीमार्फत वितरण गरेको पानी आउन घण्टौँ लाग्थ्यो । कहिले पानी नै आउँदैनथ्यो । स्थानीय लौसाका रुद्रबहादुर सुनारका अनुसार स्थानीय जनताले खानेपानीका लागि ट्युबवेल प्रयोग गर्दै आएका थिए । आर्सेनिक पानी पिउनुपर्ने बाध्यता थियो । अहिले बोरिङ चलेपछि स्थानीय जनतालाई सुविधा पुगेको छ । बाँसगढी खानेपानी तथा सरसफाइ संस्थाले पाइप जोडेर लौसाका सबै घरमा पानीको सुविधा पु-याउन थालेको छ