• १६ चैत २०८०, शुक्रबार

पर्यटन प्रवर्धन गर्न मल्लरानी फुड फेस्टिबल सुरु

blog

मल्लरानी फुड फेस्टिबल खाना महोत्सवको उदघाटन गर्नुहुँदै सांसद सूर्य थापा । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ 

प्युठान, चैत ३० गते । सदरमुकाम खलङ्गाको शिर मल्लरानीको पर्यटन प्रवर्धन गर्न मल्लरानी फुड फेस्टिबल खाना महोत्सव सुरु भएको छ । महोत्सवको प्रतिनिधि सभा सदस्य सूर्य थापाले आज उद्घाटन गर्नुभयो । 

खाना महोत्सव वैशाख २ गतेसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न खानाको प्रकार राखिएको छ । उद्घाटनमा विभिन्न झाँकी प्रदर्शन गरिएको थियो ।

प्युठान उद्योग वाणिज्य सङ्घ मल्लरानी बजार क्षेत्रले महोत्सव आयोजना गरेको अध्यक्ष वासुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरोकारवालाको ध्यानाकर्षण गराउन महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ । समुन्द्र सतहबाट एक हजार छ सय ५५ मिटर उचाइमा रहेको मल्लरानीमा विभिन्न संरचना निर्माण थालिएको छ ।